२०८३ भाद्र २९ गते सोमवार

बाढीपीडितका लागि गोरखा ग्रुपद्वारा १० लाख भन्दा बढी सहयोग


दाङ । दाङको गोरखा ग्रुपले बाढीपीडितको सहयोग लागि १० लाख १ हजार १४७ रुपैयाँ प्रदान गरेको छ । गोरखा ग्रुपअन्तर्गतका विभिन्न विद्यालय, कलेज तथा शिक्षक–कर्मचारी र गोरखा पब्लिक हस्पिटलको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

गोरखा स्कुल घोराही, गोरखा स्कुल तुलसीपुर, गोरखा स्कुल लमही, गोरखा स्कुल लालमटिया, गोरखा रेसिडेन्सियल स्कुल तुलसीपुर, भिक्टोरिया कलेज घोराही, गोरखा मोडल कलेज तुलसीपुर, स्वर्णिम देउखुरी कलेज र गोरखा पब्लिक हस्पिटलबाट रकम संकलन गरिएको जनाइएको छ ।

गोरखा ग्रुपले विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस