२०८३ कार्तिक १ गते शनिवार

कुटेचौरमा खुला पुरूष भलिबल प्रतियोगिता शुरू


दाङ, १७ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को कुटेचौरमा शनिबारदेखि खुला पुरूष भलिबल प्रतियोगिता शुरू भएको छ । कुटेचौर युवा समुहको आयोजनामा भलिबल प्रतियोगिता संचालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन दाङ जिल्ला भलिबल संघका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नुभएको हो । प्रमुख अतिथि अध्यक्ष बस्नेतले खेलकुदले राष्ट्रको सान र गौरबलाई सधैँ उच्च राख्ने बताउनुभयो । उहाँले खेलकुदलाई हेर्ने र बुभ्‌mने दृष्टिकोण अझै फराकिलो हुन नसकेको बताउनुभयो ।

उहाँले खेलकुदको विकास र विस्तारका लागि राज्य र खेलकुद क्षेत्रका सरोकारवाला गम्भिर बन्नुपर्ने बताउनुभयो । खेलकुदलाई उचाइमा पुर्‍याउनका लागि तीनै तहका सरकार मात्र नभई सरोकारवालाको भूमिका रहने बताउनुभयो ।

क्लबका संरक्षक कृष्ण मल्लको अध्यक्षता एवं दाङ जिल्ला भलिबल संघका अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यता एवं तुलसीपुर–१९ का वडाअध्यक्ष प्रेमनाथ योगीको विशिष्ठ आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

क्लबका सल्लाहकार शरण जिएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष सेबक मल्लले गर्नुभएको हो । नवजागरण मावि कुटेचौरको मैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।

भोलिसम्म संचालन हुने प्रतियोगितामा १९ वटा समुहले सहभागीता जनाएका छन् । प्रतियोगिताको मूख्य प्रायोजन जय श्री हनुमान फिक्स चिम्नी इट्टा उद्योगका संचालक मोहन घर्तीले गर्नुभएको छ ।

उद्घाटन खेलमा साहसी युवा क्लब र तुलसीपुर–७ ले बिजयी शुरुवात गरेका छन् । पहिलो खेलमा साहसी युवा क्लबले खैरा–११ लाई २५–२२ र २५–२१ अर्थात २–० को सोझो सेटमा हराएको छ भने दोस्रो खेलमा तुलसीपुर–७ ले दोघरे–१९ लाई २५–१८ र २५–२२ अर्थात २–० को सोझो सेटमा हराएको छ ।

अहिले त्रिवेणी रोल्पा र तुलसीपुर–१४ बिच खेल हुँदैछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस