२०८३ जेष्ठ १० गते आइतवार

देशका धेरै ठाउँमा गर्मी

दाङ । दाङसहित देशका धेरै ठाउँमा गमी बढ्दै गएको छ । गए राति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि पश्चिम नेपालका तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ ।

तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस