२०८३ जेष्ठ १२ गते मङ्गलवार

आज बेलझुण्डी खानेपानी संस्थाको ११ औँ साधारण सभा हुँदै


दाङ । दाङको बेलझुण्डीस्थित बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आज ११औँ वार्षिक साधारण सभा हुने भएको छ ।

संस्थाको आफ्नै कार्यालय परिसरमा बिहान ११ बजेदेखि साधारण सभा सुरु हुने संस्थाका अध्यक्ष प्रदिप गौतमले जानकारी दिनुभयो । उहाँले सम्पूर्ण उपभोक्ता, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सभामा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

साधारण सभाको तयारी पूरा भइसकेको र सम्पूर्ण सरोकारवालाहरूलाई निमन्त्रणा पठाइसकिएको संस्थाका सचिव मुकेश वलीले जानकारी दिनुभयो । सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी योजनाहरूमाथि छलफल हुने छ । संस्थाले अहिले २ हजार १ सय धारामार्फत पानी वितरण गरिरहेको रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस