२०८२ जेष्ठ ८ गते बिहिवार

हाम्रो बारेमा

 सामाजिक रुपान्तरणका लागी रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज एक सामुदायिक रेडियो हो । रेडियो हाम्रो पहुँचको संचालक संस्थामा हाल सम्म १ हजार ५ सय जना वढि शेयर सदस्यहरु रहेका छन । सहकारी ऐन र नियम अनुसार प्रत्येक शेयर सदस्यको संस्था भित्र समान अधिकार र दायित्व रहेको हुन्छ । सवै सदस्यहरुको संस्थाको हित र उन्नतीका लागी सामुहिक प्रयत्न हुने हुदा यो वास्तवमै सामुदायिक अवधारणा अनुसार चलिरहेको छ । रेडियो हाम्रो पहुँच र पुरै संस्थामा कार्यरत अधिकांश कर्मचारीहरु संस्थाकै शेयर सदस्य रहेकोले कार्यरत कर्मचारीहरुमा संस्था प्रति अवनत्वको रहेको छ ।

संस्थाको प्रत्येक वर्ष बार्षिक साधारण सभा हुने गर्दछ, बार्षिक साधारण सभाले तर्जुमा गरेका निति कार्यक्रम तथा वजेटको दायरामा रहेर बार्षिक कार्यक्रम संचालन हुने हुदा  र प्रत्येक ४ बर्षेंं अवधि पछि संचालक समितिको निर्वाचन प्रत्यक्ष चुनाव प्रणालीबाट हुने हुदा संचालक समिति पुर्णरुपमा शेयर सदस्यहरु र समुदाय प्रति जवाफदेहि हुनु पर्ने व्यवस्था रहेको छ । रेडियो हाम्रो पहुँच संचालक संस्थाले हाल सम्म सहकारी पेट्रोलपम्प परियोजना , वचत तथा ऋण परियोजना, रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज र हाम्रो पहुँच हायर सेकेण्डरी स्कुल संचालन गरीरहेको छ र यसै बर्ष देखि डेरी उद्योग संचालन गरेको छ।


संस्थाले राजनैतिक आग्रह पुर्वाग्रहबाट माथि उठेर सत्य र तत्थ्य सूचना समुदायमा प्रसारण गरेको कारण यस क्षेत्रमा उच्च छवि हासिल गरेको छ । रेडियो हाम्रो पहुँच छोटो समय मै आफ्नो प्रभावित क्षेत्र भित्रका जनताका माझमा यसबाट प्रसारीत कार्यक्रमका कारण धेरै लोकप्रिय बन्दै गईरहेको समुदायका सदस्यहरुको भनाईबाट समेत प्रश्ट हुन्छ ।

रेडियो प्रसारण सुनिने जिल्लाहरु

जनताको मायाँ,रुचि,सर्मथन, सबै शेयर सदस्यहरुको समुहिक प्रयत्न,कार्यरत कर्मचारीहरुको आफ्नोपनका साथ कडा परिश्रम र समुदायको माग बमोजिम चर्को लोडसेडिङ्गका वावजुद पनि रेडियो बन्द नगरीकन प्रसारण गर्नु एवं प्रभावकारी व्यवस्थापन हाम्रा सवल पक्षहरु रहेका छन । 

रेडियोको वाटक्षेमताः— ५०० वाट
रेडियोको कभरेज एरीयाः— दाङ सहीत १५ जिल्ला र विश्वभर अनलाइनमा
रेडियोका श्रोता संख्याः– करीव १२ लाख
रेडियोको टावर क्षेमताः— १५० फिट उचाईमा ८ एन्टीना
रेडियोको फिक्यून्सीः– ८९ मेगाहर्ज
रेडियोको प्रसारण ठेगानाः– दाङ्ग जिल्ला तुलसीपुर उ.प महानगरपालीका. 
हालको प्रसारण अवधीः– दैनिक १७ घण्टा
रेडियोले प्रसारण शुरु गरेको मितिः– २०६७ भाद्र ५ गते

प्रतिक्रिया दिनुहोस