२०८३ बैशाख १७ गते बिहिवार

दाङमा ६० प्रतिशतभन्दा कम मतदान

दाङ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा भएको मतदानमा यसपटक ६० प्रतिशतभन्दा कम मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर समग्रमा ५८ दशमलव ३३ प्रतिशत मतदान भएको हो ।

दाङमा कुल ४ लाख ३१ हजार ६ सय ८६ जना मतदाता रहेकोमा आज भएको प्रतिनिधि सभा निर्वाचनमा २ लाख ५१ हजार ८ सय १९ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

निर्वाचन क्षेत्रगत विवरण अनुसार क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९ सय २० जनाले मतदान गरेका छन् । जुन ५७ दशमलव ८० प्रतिशत हो ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकोमा ८२ हजार ६ सय २६ मत खसेको छ । यो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी ५८ दशमलव ६१ प्रतिशत मतदान भएको छ ।

क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७ सय २० मतदातामध्ये ८८ हजार २ सय ७३ जना अर्थात् ५८ दशमलव ५७ प्रतिशतले मतदान गरेका छन् । अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक दाङमा मतदाताको उपस्थिति केही कम देखिएको हो । दाङमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म शान्तिपूर्णरुपमा मतदान भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस