दाङ । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राजपुर गाउँपालिका ४ दुलैया बस्ने ४२ वर्षिय राजु भण्डारीको घरको छतबाट खसेर मृत्यु भएको हो ।
भण्डारी अम्बा टिप्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।














