२०८३ साउन १५ गते शुक्रवार

चार महिनामा विपद्का ३ हजार ९५१ घटना, १९३ जनाको मृत्यु


दाङ । वैशाख १ देखि साउन १४ गतेसम्म देशका विभिन्न ठाउँमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।

उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् । यसैबीच, हिजोसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएको प्राधिकरणले जनाएको छ ।

ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा ४१ लाख आठ हजार बराबरको क्षति भएको छ । सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस