२०८३ साउन ५ गते मङ्गलवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु


दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ थानदेउखुरीका ५६ वर्षीय राम सेवक यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

स्ट्यान्ड पंखा बनाउने क्रममा उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो ४ बजेर ४ मिनेटमा उहाँलाई करेन्ट लागेको हो ।

करेन्ट लागेपछि तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्‍याइएको भए पनि स्वास्थ्यकर्मीले उहाँलाई मृत घोषणा गरेका हुन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस