२०८२ जेष्ठ ८ गते बिहिवार

आजदेखि दाङको टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

दाङ, १८ चैत । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । सोमबार काठमाडौंबाट दाङ ८ जना यात्रु गएपनि दाङबाट २ जना मात्रै काठमाडौं गएका थिए । विहान साढे ११ बजे तुलसीपुरबाट काठमाडौं उडान भरेको हो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस