२०८२ मङ्सिर ३ गते बुधवार

यो वर्ष ८८ दिन सार्वजनिक बिदा

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ । नेपाल राजपत्रका अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व तथा दिवसका बिदा हुने छन् ।

बडादशैँमा सात दिन र तिहारमा पाँच दिन समेत गरी पर्व बिदा २८ दिन हुनेछ । यसैगरी, अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा हुनेछ । यसैगरी दुई दिन जन्मजयन्तीको बिदा हुनेछ ।

यसबाहेक स्थानीय तहले स्थान विशेष मनाइने चाडपर्वको बिदा दिन पाउनेछन् । साथै विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले दिन सक्ने छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस