दाङ । दाङमा एक महिनाको अवधिमा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई खोजतलास अभियान अन्तरगत गत असोज महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमूख एसपी दिपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा १० वर्ष भन्दाअघि अदालतबाट दोषी ठहर भै फरार रहेका ९ जना रहेका छन् ।
यस्तै पाँच वर्ष अघिदेखी फरार रहेका ७ जना र पाँच वर्ष भन्दा कमका ६० जना रहेका छन् । यस्तै गत असोजमा बिभिन्न प्रकृतीका गरी ७३ वटा मुद्दा दर्ता भएको धेरै समाधानतर्फ गएको र केही अनुसन्धानको प्रक्रीयामा रहेको प्रहरी जनाएको छ ।
असोज महिनामा जवरजस्ती करणीका ८ मुद्दा दर्ता भएकोमा ४ मुद्दा प्रकृयामा गैसकेको र ४ मुद्दाको अनुसन्धान भैरहेको प्रहरी जनाएको छ । असोज महिनामा प्रहरीले १ कटुवा पेस्तोल सहित १४ अवैध हतियार बरामद गरेको छ भने ९ सय १७ सवारीका साधनलाई कानुन बमोजिम कारवाही गरी ९ लाख ३४ हजार ५ सय जरीवाना गरेको छ ।
प्रहरीका अनुसार असोजमा भएका २७ सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यसैबिच प्रहरीले चार्डपर्वका समयमा सुरक्षा योजना मजबुत बनाएका कारण यसपटकको दशैँका समयमा सवारी दुर्घटना तथा अन्य आपराधीक घटनामा कमी आएको एसपी श्रेष्ठले बताउनुभयो । उहाँले तिहारको समयमा पनि जुवातास नियन्त्रण तथा पटकाजन्य वस्तु पट्काउन निषेध गरिएको बताउनुभयो ।

























