२०८२ माघ २५ गते आइतवार

आजदेखि सोमबारसम्म देशका धेरै ठाउँमा वर्षाको संभावना


दाङ । आजदेखि सोमबारसम्म देशका धेरै ठाउँमा वर्षाको संभावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा, हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविदको अनुमान छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस