
दाङ–दाङमा चालु वर्षको नौ महिनाको अवधिमा पाँच हजार बढीले राहदानी (पासपोर्ट) बनाएका छन् । जिल्ला प्रशासन कार्यालय घोराही र दुई वटा इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा गरी पाँच हजार ३३ जनाले राहदानी (पासपोर्ट) बनाएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सबैभन्दा धेरै फागुन महिनामा ८५८ जनाले पासपोर्ट बनाएको तथ्याङकले देखाएको छ । यस्तै चालु वर्षको साउनमा ४९६, भदौमा ५५७, असोजमा ४५३, कार्तिकमा ६०७, मंसिरमा ३१६, पुषमा ७२४, माघमा ५४१ र चैतमा ४८१ ज्नाले पासपोर्ट बनाएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चालु वर्षको नौं महिनाको अवधिमा पाँच हजार २७९ जनाले राहदानीको लागि सिफारिस लिएका छन् । चालु वर्षको चैत महिनामा मात्रै एक हजार बढीले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीबाट घोराहीबाट ३७४, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ४७१ र लमहीबाट ३२७ जना गरी एक हजार १७२ जना नागरिकता लिएका हुन् । यस्तै ५२ जनालाई नाबालकको परिचयपत्र वितरण गरीएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङबाट एक महिनाको अवधिमा ५ हजार ५२१ जनाले राष्ट्रिय परिचयपत्रको लागी नाम दर्ता गरेका छन् । जसमा सबैभन्दा धेरै तुलसीपुरका रहेका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीका दुई हजार ३४, इलाका प्रशासन कार्यालय तुलसीपुरका दुई हजार ५५३ र लमहीका ९३४ जना गरी ५ हजार ५२१ ज्नालाले राष्ट्रिय परिचयपत्रको लागी नाम दर्ता गरेको कार्यालयले जनाएको छ । ६९७ जनाले राष्ट्रिय परीचयपत्रको कार्ड लगेको प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । एक महिनाको अवधिमा दुई जनाले नेपाली नागरिकता त्याग गरेका छन् भने दुई जना विदेशी नागरीकले नेपाली नागरिकता लिएका छन् ।
कार्यालयले नागरिकता सिफारिस, नागरिकता त्याग, प्रमाणित दस्तावेज, नागरिकता प्रतिलिपि लगायत अन्य प्रशासनिक सेवाहरू प्रदान गदै आएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमले नागरिकहरुलाई समयमै सेवा र सहज पहुँच सुनिश्चित गर्ने कार्यलाई कार्यालयले प्राथमिकता दिएको बताउनुभयो ।