२०८२ चैत्र २ गते सोमवार

सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


दाङ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो सातै प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने र सातै प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले दिएको सूचनामा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ ।

सातै प्रदेशमा चट्याङ्गसहित वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकोले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबिच पश्चिम नेपालमा ठूलो वर्षा गराएको प्रणाली पूर्वतिर सरिरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बिहिबार बिहानैदेखि पश्चिम नेपालमा पानी परेकोमा त्यही प्रणाली पूर्वतिर सरिरहेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस