२०८२ साउन १ गते बिहिवार

सल्यानमा एक पुरुष मृत अवस्थामा फेला

सल्यान । सल्यानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सल्यानको दार्मा गाउँपालिका–४ पुखातमा बाग्चौर नगरपालिका–४ का ५५ वर्षीय डिल्ली ओली मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार ओली छोराको ससुरालीमा पुन्य तिथिको भात खान शुक्रबार बिहान जानुभएको थियो । ओली फकर्ने क्रममा घरदेखि आधा घन्टाको दुरीमा बाटोमै मृत अवस्थामा भेटिएको न्यौपानेले जानकारी दिनुभयो ।

स्थानीयले ओलीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीको टोली घटनास्थलमा पुगेको र ओलीको शरीरमा कुनै पनि चोटपटक नलागेको पाइएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस