दाङ । काठमाडौंमा जारी केन्द्रीय शिक्षक आन्दोलनप्रति शान्तिनगर गाउँपालिकाले गम्भीर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेका आन्दोलनका सन्दर्भमा गाउँपालिकाले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा सम्बन्धी समस्याको समाधान संविधानले दिएका मार्गदर्शनअनुसार गर्नुपर्नेमा जोड दिएको छ ।
२०२८ सालमा जारी शिक्षा ऐनलाई संविधानअनुसार संशोधन गर्न नसकिएकोले शिक्षकहरूबीचको विभेद कायम रहेको छ । यस्तो अवस्थाले शिक्षण पेसामा असन्तुष्टि बढाएको छ । जसले शिक्षा क्षेत्रमै असर पारिरहेको छ । विज्ञप्तिमा भनिएको छ ।
शान्तिपूर्ण रूपमा आफ्ना माग सम्बन्धित निकायमा राख्ने हक शिक्षकहरूलाई भए तापनि आन्दोलनका कारण पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको मौलिक हकमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । विद्यालय शान्ती क्षेत्रको राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ को भावना र प्रावधानविपरीत पठनपाठन बन्द गरिनु उचित नभएको गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतद्धारा अस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा हालको अवस्थामा नतिजा प्रकाशन तथा नयाँ भर्ना जस्ता कार्य प्रभावित भएको उल्लेख गरिएको छ । केही शिक्षकहरू आन्दोलनको नाममा व्यक्तिगत कामका लागि अन्यत्र गएका पनि पाइएको जनाइएको छ ।
सामुदायिक विद्यालयका विद्यार्थीहरू संस्थागत विद्यालयमा जान बाध्य हुनु र आन्दोलनपछि शिक्षक फर्किए पनि कतिपय विद्यालयमा विद्यार्थी नै नफर्कने अवस्था देखिएको छ विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाले यस्तो विषम परिस्थितिमा विद्यालय सञ्चालनमा सहयोग गर्न सबै शिक्षकहरूलाई आग्रह गरेको छ । नियमित पठनपाठनमा अवरोध पुर्याउनु प्रचलित कानुनविपरीत भएको भन्दै पठनपाठन शीघ्र सुरु गर्न अनुरोध गरिएको छ ।














