
दाङ । दाङमा नवजात शिशु मारेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । रोल्पाको गंगादेव गाउँपालिका–१ ओत घर भई हाल शान्तिनगर गाउँपालिका–५, कासीपुरमा बस्दै आएकी अन्दाजी २७ वर्षका सरिता बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार गत चैत २४ गते राती बिकले नवजात छोरीलाई मारेर प्लास्टिकको बोरामा बेरेर घरदेखि झण्डै १०० मिटर पश्चिमतर्फ रहेको कच्ची ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा फालेकी थिइन् । घटनाबारे १५ दिनपछि वैशाख ७ गते बिहान मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।
प्रहरी टोली तत्कालै घटनास्थल पुगेर नवजात शिशुको शव ल्याएको थियो । शव परीक्षण गरिसकेपछि प्रहरीले बिकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त घटनामा ज्यान सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको र दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई ओरोपित बिकमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।