दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ सक्राममा ‘सक्राम रेडियो स्रोत क्लब गठन’ गरिएको छ । रेडियोमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यका साथ बुधबार रेडियो हाम्रो पहुँचले शोभा रोकाको अध्यक्षतामा १३ सदस्यीय सक्राम रेडियो स्रोता क्लब गठन गरेको हो ।
क्लबको कलिभान सुनार,सचिवमा निर्मला घर्ती, सहसचिवमा कोमती खत्री, कोषाध्यक्षमा खिमा वली चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा खडग बहादुर खड्का, पान बहादुर वली, रेशम बहादुर बिक, पिमा बस्नेत, लाल बहादुर वली, तुल बहादुर खत्री, पार्वती पुन र सुशिला खड्का चयन हुनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का सदस्य रामबहादुर पौडेलको विशेष उपस्थितिमा क्लबको गठन गरिएको हो । रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले निर्णयपूस्तिका क्लबका अध्यक्ष शोभा रोकालाई हस्तान्तरण गर्दै सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभयो ।
यस्तै समाचार प्रमुख जीतसागर जी.एमले गठित क्लबले सूचना सम्प्रेशनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँ ठाउँमा हुने विभिन्न घटना तथा समस्यालाई रेडियो हाम्रो पहुँचलाई जानकारी गराउन क्लबलाई आग्रह समेत गर्नुभयो ।










