दाङ । तुलसीपुर बहुप्राविधिक शिक्षालयका फार्मेशी संकायका विद्यार्थीले नेपाल फार्मेशी संघ दाङका नव निर्वाचित पदाधिकारीकारीलाई बधाई तथा सम्मान गरेका छन् ।
विद्यार्थीले आइतबार एक कार्यक्रमको आयोजना संघका जिल्ला अध्यक्ष श्यामकुमार गिरीसहितका पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत सम्मान गरेका हुन् ।
फार्मेशी दोस्रो वर्षमा अध्ययनरत्त सुनितादेवी रसाइलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं नेपाल फार्मेशी संघ दाङका नवनिर्वाचित अध्यक्ष श्याम कुमार गिरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले तुलसीपुर बहुप्राविधिक शिक्षालयले फार्मेशिष्टको जनशक्ति तयार गर्न लागेको बताउनुभयो ।
उहाँले कतिपय अस्पतालमा फार्मेशी नपढेका व्यक्तिले नै औषधि वितरण गरिरहेको समेत बताउनुभयो । उहाँले आवश्यक जनशक्ति पुर्तिका लागि मेट्रो कलेजले प्रयास थालेको बताउनुभयो । उहाँले फार्मेशीष्ट पेशा जिम्मेवार पेशा भएकाले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा गम्भिर बन्नुपर्ने बताउनुभयो ।
कलेजका प्रमुख बसन्त आचार्यले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै संघको नयाँ नेतृत्वले कलेजबाट उत्पादन हुने जनशक्तिलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।














