२०८२ मङ्सिर २७ गते शनिवार

दाङमा तीन वर्षीय बालक लडेर घाइते

दाङ,३ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ नयाँवस्तीमा तीन वर्षीय बालक लडेर घाइते भएका छन् । राता सुनारका छोरा मंगोल सुनार सोमबार दिउँसो घर नजिकै खेल्ने क्रममा लड्दा टाउकोमा गम्भिर चोट लागेको छ ।

घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि राति ११ बजे थप उपचारका लागि बालकलाई सिटी हस्पिटल तुलसीपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । बालकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस