२०८३ बैशाख १७ गते बिहिवार

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु


दाङ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आज (बिहीबार)देखि सुरु हुँदै छ । प्रदेश सभा सचिवालयले गत वैशाख १३ गते आइतबार जारी गरेको सूचना अनुसार नेपालको संविधानको संविधानको धारा १६६ को उपधारा (२) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार आज दिउँसो १ बजे आठौं अधिवेशन बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ ।

त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले पुनले जानकारी दिनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस