दाङ, २७ भदौ । जेनजीको आन्दोलनका कारण असामान्य बनेको जनजीवन सामान्य बन्दै गएको छ । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी दाङमा जारी गरिएको कर्फ्यु आज बिहान ५ बजेबाट हटेको छ । तर निषेधाज्ञा जारी रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
प्रशासनको सूचना अनुसार आज दिउँसो १ बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा कुनै पनि प्रकारको भेला, बैठक, सभा लगायतका गर्न नपाउने उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लामा दिउँसो १ बजेसम्म निषेत्रज्ञा जारी गरिएकोले यस समयमा ५ जना भन्दा बढी भेला हुन नपाउने, बैठक , सभा लगायतका क्रियाकलापमा रोक लगाएको बताउनुभयो ।












