दाङ । दाङको तुलसीपुरसहित पश्चिम क्षेत्र र सल्यानको कपुरकोट क्षेत्रमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र पर्ने तुलसीपुर उपमहानगरपालिका सम्पुर्ण स्थान, दंगीशरण, बबई र शान्तिनगर गाउपालिकाका आशिंक स्थानहरुमा विद्युत नआउने विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ३३ केभि लाइन वरिपरीका रुखका हांगाविगा तथा रुखहरु काट्नुपर्ने तथा सबस्टेसन मर्मत गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो । यदि निर्धारित समय अगावै काम सकिएमा तोकिएको समयभन्दा पहिले पनि विद्युत सुचारु हुनेछ ।
















