दाङ, । तुलसीपुर उपमहानगरपालिका–७ शिवमन्दिरका खड्गबहादुर पोख्रेल लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै परिवारले खोजीका लागि आग्रह गरेको छ ।
४९ वर्षीय पोख्रेल २०५७ सालमा भारत गएपछि परिवारको सम्पर्कमा आउनुभएको थिएन । लामो समयदेखि सम्पर्कविहीन रहनुभएका पोख्रेल केही दिनअघि तुलसीपुर क्षेत्रमा देखिएको परिवारले जनाएको छ ।
परिवारका अनुसार भदौ २६ गते तुलसीपुरको पुकार पसलनजिकै चिया खाइरहेको अवस्थामा तुलसीपुर–१२ टरीगाउँका स्थानीय ‘टाकुरे मामा’ भनेर चिनिने व्यक्तिले उहाँसँग सोधपुछ गर्नुभएको थियो । सो क्रममा पोख्रेलले आफ्नो घर तुलसीपुर–७ मा रहेको, आफू टोपबहादुर पोख्रेलको छोरा भएको र पुरानो घर लामिदार रहेको जानकारी गराउनुभएको बताइएको छ ।
त्यस समयमा पोख्रेल जोगीको भेषमा कमण्डलु बोकेको अवस्थामा रहेको र सोधपुछपछि अटो चढेर तुलसीपुरतर्फ गएको बताइएको छ ।
लामो समयदेखि सम्पर्कविहीन रहेका खड्गबहादुर पोख्रेललाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन उहाँकी बहिनी शारदा केसीले आग्रह गर्नुभएको छ ।
पोख्रेलबारे कुनै जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न वा ९८४७८३५९९७ र ९८०३८३१९५९ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।

























