२०८३ बैशाख २६ गते शनिवार

दशैँको लागि सामान किनमेल गर्नेको चहलपहल बढ्दो

दाङ। दशैँ पर्व नजिकिएसंगै बजारमा किनमेल गर्नेको चहलपहल बढ्दै गएको छ । दाङका मूख्य बजार तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, हापुरे लगायतका ठाउँमा किनमेल गर्नेको संख्या अत्याधिक देखिएको छ ।

बजारमा विषेशगरी कपडा पसल, इलेक्ट्रोनिक पसल, खाद्यन्न पसल लगायतमा किनमेल गर्ने ग्राहकको संख्या बढ्दै गएको छ । शनिबार बिहानै पनि तुलसीपुर बजारका चोकचोकमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको छ ।

चाडपर्वका लागि सल्यानबाट किनमेल गर्न आएको भिमा रोकाले बताउनुभयो । चाडपर्वलाई लक्षित गरेर शनिबार पनि बजार खुल्लै रहने भएका छन् । चाडपर्वमा फेन्सी कपडा, इलेक्ट्रोनिक, दैनिक उपभोग्य वस्तुको व्यापार धेरै हुने गरेको व्यवसायीले बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस