२०८२ माघ २५ गते आइतवार

चोरखोला नजिकै आज बिहानै फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यान। रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी आज बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीका अनुसार बिहान चार बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना महिला रहेका छन् भने एक जना पुरुष रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ ख ६५०२ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा अर्का एक जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो ।

गाडी करिब ३ सयमिटर तल खसेको छ । घाइतेको उद्धार गरी राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस