२०८२ मङ्सिर २२ गते सोमवार

सहर सुनसान बन्दै, गाउँमा दशैँको रौनक

दाङ । दशैँ पर्व मनाउनका लागि सहरमा रहेका मानिसहरु गाउँ जान थालेपछि सहर सुनसान बन्दै गएको छ भने गाउँमा चहलपहल बढेको छ । सहरमा विभिन्न पेशा तथा व्यवसायमा रहेकाहरु गाउँ जान थालेपछि सहर सुनसान बन्दै जान थालेको हो । गाउँमा भने चहलपहल बढ्न थालेको छ ।

दशैँ अवधिमा सवारी साधनमा रुट परमिटसमेत खुल्ला गरिएको छ भने घोराही, तुलसीपुर, लमही लगायतका दाङका विभिन्न मूख्य सहरबाट पनि गाउँ जाने क्रम बढेको छ ।

यसैबिच सार्वजनिक सवारीमा पनि यात्रुको चाप बढेको छ । दशैँ शुरु भएसंगै अधिकांश दशैँ मनाउन जन्मथलो जाने गरेका कारण सार्वजनिक सवारीमा यात्रुको चाप बढेको छ । सार्वजनिक सवारीले कोचाकोच यात्रु राखेर लैजादा पनि ट्राफिक प्रहरीले नियमन गर्न नसकेको सल्यानका दिल शाहुले बताउनुभयो ।

यसैबिच प्रहरीले घरमा जाँदै गर्दा सामाजिक संजालमा आफुले कोठा छोडेकोबारे नलेख्न अनुरोध गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले कोठा छोडेर घर लागियो भन्दै सामाजिक संजालमा पोष्ट गर्दा चोरले झनै चोरी गर्ने मौका पाउने हुँदो यस्तो पोष्ट नगर्न अनुरोध गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस