२०८३ कार्तिक ८ गते आइतवार

दाङमा बिल बिनाका तीन लाख बढीको सामान बरामद

दाङ । चाडपर्वको मुखैमा अवैध कारोबार गर्नेहरु सक्रिय हुने गरेका छन् । चाडपर्वको मौका छोपेर नाकाबाट अवैधरुपमा ठुलो परिमाणमा सामान भित्रिने गरेको छ । दाङमा प्रहरीले बिलबिजक बिनाका ३ लाख बढीको सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार राप्ती गाउँपालिका–१ भालुबाङ बजारस्थित इलाका प्रहरी कार्यालय भालुबाङ र राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित इलाका प्रहरी कार्यालय सिसहनियाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा बिलबिजक नभएका सामान बरामद गरेको हो ।

प्रहरीले १२ बोरा युरिया मल, ५ बोरा केराउ मटर, एक बोरा चना, दुई बोरा अररको दाल, २२ जोर जुत्ता र १०४ पिस लत्ताकपडा बरामद गरेको छ । बरामद सामानको मूल्य ३ लाख २६ हजार ३०० रुपैयाँ रहेको छ । प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस