२०८२ कार्तिक ३० गते आइतवार

इलाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो


इलाम । इलाममा पहिरोमा परेर मृतयु हुनेको सङ्ख्या २८ जना पुगेको छ । गएराति गएको पहिरोमा परी माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ हो ।

यस्तै इलाम नगरपालिका–६ घोसमा ६, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका–१ मा १ र सूर्योदय–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामका विभिन्न ठाउँमा गरी अझै १२ जना हराइरहेका छन् । दर्जनौं घरमा क्षति पुगेको छ । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते एक गर्भवतीसहित दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस