२०८३ साउन ११ गते सोमवार

दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतको निधन


दाङ । नेपाली कम्युनिस्ट आन्दोलन तथा दाङको वामपन्थी राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ नेता शोभाराम बस्नेतको निधन भएको छ । उहाँको आज बिहान करिब सवा २ बजेतिर निधन भएको हो ।

पञ्चायतकालीन कठिन अवस्थामा भूमिगत भई कम्युनिस्ट आन्दोलनको आधार तयार पार्न महत्त्वपूर्ण योगदान दिनुभएका बस्नेतलाई नेकपा (एमाले) ले ’कम्युनिस्ट योद्धा सम्मान’ बाट समेत विभूषित गरेको थियो ।

दाङमा वामपन्थी चेतना फैलाउन र किसान तथा श्रमजीवी जनताको अधिकारका लागि उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय मानिन्छ । उहाँको निधनले दंगाली कम्युनिस्ट आन्दोलनका साथै सिङ्गो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ ।
उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस