इलाम । गएराति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या ३७ पुुगेको छ । चार जना बेपत्ता भएका छन् ।
सूूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिका –६ मा ६ जना, सन्दकपुर गाउँपालिकामा ६ जना, माङ्सेबुुङमा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाईमा ८ जना र फाकफोकथुममा १ गरी ३७ जनाको मृत्यु भएको इलामका प्रमुख जिल्लाअधिकारी सुनिता नेपालले जानकारी दिनुुभयो ।
प्रजिअ नेपालका अनुुसार सन्दकपुरमा दुुई, माईजोगमाईमा एक र इलाम नपा–६ मा एक गरी ४ जना वेपत्ता रहेका छन् । मृतकमध्ये ११ को पोष्टमार्टम भइसकेको छ । अन्यको उद्धार र पोष्टमार्टमका लागि इलाम अस्पताल ल्याईंदै गरेको बताइएको छ ।















