२०८२ फाल्गुन २६ गते मङ्गलवार

तिहार नजिकिँदै गर्दा किसानलाई धान भित्र्याउने चटारोथप समाचार कमेन्टमा

दाङ, २६ असोज । तिहार नजिकिँदै गर्दा किसानहरू धानबाली भित्र्याउन व्यस्त भएका छन् । दशैं सकिएलगत्तै खेतमा धान काट्ने, झार्ने कामले किसानहरु व्यस्त बनेका छन् । दाङ उपत्यकासहित देउखुरी उपत्यकामा किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ छ ।

यस वर्ष समयमै वर्षा भएकाले धेरै ठाउँमा धानबाली राम्रो भएको किसानहरू बताउँछन् । तुलसीपुर उपमहानगरपालिका–१२ का किसान हरि चौधरीले तिहार भित्रिनुअघि धान भित्र्याउने योजनामा रहेको बताउनुभयो ।

धान भित्र्याएपछि धेरै किसानले तिहारका खर्चका लागि धान बिक्री गर्ने तयारीसमेत गरिरहेका छन् । दाङमा उत्पादन हुने अधिकांश धान स्थानीय बजार र मिलमा बिक्री गर्ने गरिएको छ ।

कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष जिल्लामा करिब ३७ हजार २२५ हेक्टरमा धान खेती गरिएको छ । सूचना अधिकारी लामिछानेले अहिलेसम्म करिब १० प्रतिशतभन्दा बढी खेतमा भित्र्याउने काम सुरु भइसकेको बताउनुभयो । दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा धेरै धान काटिसकिएको छ ।

यसवर्ष वर्षातको कारण धान काट्न ढिला शुरु भएको हो । तिहारअघि नै अधिकांश किसानले धान भित्र्याइसक्ने अपेक्षा गरिएको छ । यससँगै बजारमा नयाँ धान र चामलको आपूर्ति पनि बढ्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस