२०८२ कार्तिक ३० गते आइतवार

दाङमा थ्रेसर मेसिनमा परेर एक महिला घाइते


दाङ । दाङमा धान थ्रेसरमा राख्ने क्रममा सल बेटारिदा एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार आज बिहान दंगीशरण गाउँपालिका–४ मौली बस्ने बर्ष ६० की टिका शर्मा थे्रसर मेसिनमा परेर घाइते हुनुभएको हो ।

उहाँलाई घर नजिकै छिमेकी लिलाधर केसीको बारीमा थ्रेसरमा धान राख्ने क्रममा थ्रेसर मेसिनमा सल बेटारिदा टाउकोमा चोट लागेको हो ।

उहाँलाई राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात सिटि स्क्यानको लागी घोराही रिफर गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस