२०८३ जेष्ठ १८ गते सोमवार

रास्वपा बबई गाउँपालिकाको नयाँ कार्यसमिति चयन

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बबई गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवराज जैसी सुवेदीको सभापतित्वमा बबई गाउँपालिका नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपसभापतिमा पूर्णबहादुर राना, सचिवमा विवेक ओली र सह–सचिवमा प्रमोद खड्का चयन हुनुभएको छ ।

यस्तै, कार्यसमितिको सदस्यहरूमा दीपा बस्नेत, सुभाष ठकुरी, वीरमान ओली र कृष्णकुमारी बिक चयन हुनुभएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पाटीका उत्पादन तथा प्रवद्र्धन विभाग उप–प्रमुख हरि प्रसाद रिजालले नेपाली नागरिकले ठुलो आशा बोकेर रास्वपालाई सरकार चलाउने अवसर प्रदान गरेको बताउनुभयो ।

उहाँले प्रथम अधिवेशनबाट चयन भएको नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । नवनिर्वाचित नेतृत्वले बबई गाउँपालिकामा पार्टीको सुशासन र स्थानीय एजेन्डाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस