२०८२ माघ ७ गते बुधवार

रोल्पामा ससुराली जान हिडेका वृद्ध मृत अवस्थामा फेला

रोल्पा। रोल्पामा ससुराली जान हिडेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । थबाङ गाउँपालिका–४ गुँरासेका ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका घर्तीको शव झिम्रुक खोलामा फेला परेको हो । स्थानीयले झिम्रुक खोलामा घर्तीको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिनुभयो ।

बाटोदेखि करिब १५० मिटर तल उहाँको शव भेटिएको बुढामगरले बताउनुभयो । घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस