२०८२ माघ २५ गते आइतवार

नारायणघाट–बुटबल सडक दुई महिनासम्म एकतर्फी सञ्चालन हुने


दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड झण्डै दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ ।

नारायणघाट–बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै पुष १५ गतेसम्म सडक एकतर्फी मात्र सञ्चाल हुने जनाएको हो ।

केहीदिन अघि आकस्मिक रूपमा भएको निरन्तर वर्षात्ले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा थप समस्या हुने भन्दै झण्डै दुई महिना एकतर्फी सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

यो अवधिमा कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताइएको छ । त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अर्थात कम्तिमा पुष १५ गतेसम्म सडक पूर्ण रुपमा सञ्चालन नहुने सूचनामा उल्लेख छ ।

सडक आयोजनाले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न पनि सबैसित आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस