२०८२ मङ्सिर २२ गते सोमवार

निर्वाचनबाट राप्ती शान्ति उद्यान र श्रीगणेश सामुदायिक बनको नयाँ नेतृत्व चयन

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान र श्रीगणेश सामुदायिक बनको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको निर्वाचनबाट उद्यान र बन समुहको नेतृत्व चयन भएको छ ।

शनिबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार राप्ती शान्ति उद्यान गणेशपुर पार्कको अध्यक्षमा सुधिर केसी निर्वाचित हुनुभएको छ । उहाँले २३८ मत ल्याउनुभएको छ भने निकटतम प्रतिष्पर्धि खेतुप्रसाद भण्डारीले १९४ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक लेबेन्द्र केसीले जानकारी दिनुभयो ।

पार्कको सचिवमा भने माया रिजाल निर्विरोध चयन भइसक्नुभएको छ । यस्तै कोषाध्यक्ष पदमा बोधप्रसाद खनाल १८८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिष्पर्धि दण्डबहादुर मल्लले १३६ र डुण्डमान पराजुलीले ७० मत ल्याउनुभएको छ ।

यस्तै खुल्ला सदस्य पदमा भागिरथ भण्डारी १९४ मतका साथ निर्वाचित हुनुभएको छ । यस्तै कमल भण्डारी १९२ र तिलकराम भण्डारी १५३ मतका साथ निर्वाचित हुनुभएको छ । खुल्ला सदस्य पदका बिष्णुप्रसाद भण्डारीले ११६, ताराप्रसाद भण्डारीले ११४, शालिकराम भण्डारीले १४९, नेत्रमणीप्रसाद पोखरेलले ७० र रुद्रमणी भुषालले ९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै खुल्ला महिला सदस्यमा बोलकुमारी भण्डारी २४० मतका साथ निर्वाचित हुनुभएको छ । यस्तै तेजु रावतले २११ र जालपादेवी दमाईले १८६ मत ल्याएर निर्वाचित हुनुभएको छ । पराजित खुल्ला महिला सदस्य पदका उमेदवार खिरमी बुढाथोकीले ११४ र दुर्पता केसी वलीले ११९ मत ल्याउनुभएको छ ।

श्रीगणेश सामुदायिक बन समुहको अध्यक्षमा डिल्लीराज भण्डारी १८८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि लोकमणी पोखरेलले १५५ र लिलाधर विश्वकर्माले ७१ मत ल्याउनुभएको छ । बन समुहको उपाध्यक्षमा इश्वरा महतारा निर्विरोध चयन हुनुभएको छ । यस्तै सचिवमा तुलसीराम भण्डारी १८८ मतका साथ निर्वाचित हुनुभएको छ ।

उहाँकाका निकटतम प्रतिष्पर्धि पार्वती बुढामगरले ४२ र खुमलाल पोख्रेलले १४६ मत ल्याउनुभएको छ । यस्तै कोषाध्यक्ष पदमा प्रतिभा भण्डारीले २४२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि दुर्गा शर्मा वलीले १३१ मत ल्याउनुभएको छ ।

यस्तै सहसचिव पदमा माधव गिरी २५६ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धि गिरीराज पाण्डेले १०९ मत ल्याउनुभएको छ । बन समुहका अन्य सदस्य निर्विरोध चयन भइसकेका छन् । उद्यान र बन समुहको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस