२०८२ माघ ७ गते बुधवार

आज देशभरको मौसम मुख्यतया सफा रहने


दाङ । आज पनि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस