दाङ । चाडपर्व सकिएपछि दाङका पर्यटकियस्थलमा पर्यटकको चहलपहल बढेको छ । बनभोज र फोटो भिडियोका लागि आउने पर्यटकका कारण पर्यटकियस्थल भरिभराउ बनेका छन् ।
गढवा गाउँपालिका–१ मा रहेको कुलपानी हरित पार्कमा घुम्न आउनुभएकी लमही–३ फल्कापुरका शुष्मा डाँगीले कुलपानी हरित पार्कको प्राकृतिक वातावरण निकै मनमोहक रहेको बताउनुभयो । उहाँले पार्कमा फोटो खिच्न, बनभोज खान, भिडियो बनाउन हरेक वर्षजसो आउने गरेको बताउनुभयो ।
कुलपानी हरित पार्कमा अहिले दैनिकरुपमा १०० भन्दा बढी आउने गरेका छन् । पार्कमा आन्तरिक पर्यटकसंगै बाह्य पर्यटक पनि आउने गरेको पार्कका व्यवस्थापक कृष्ण बहादुर खड्का क्षेत्रीले बताउनुभयो । पार्कमा भारतसहित अन्य देशबाट समेत अध्ययन अवोलकनका लागि आउने गरेको उहाँको भनाई छ ।

पुर्व–पश्चिम राजमार्ग छेउमा पर्ने लमही नगरपालिका–५ मा रहेको ग्रिन पार्कमा पनि आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड बढेको छ । पार्कमा दाङसहित आसपासका जिल्लाबाट मात्र होइन् । भारतबाट समेत पर्यटकहरु आउने गरेको पार्क व्यवस्थापन समितिका संयोजक शिबु खनालले बताउनुभयो । पार्कमा विषेशगरी सार्वजनिक दिनमा बढी चहलपहल हुने गरेको उहाँले बताउनुभयो ।
दाङकै प्रसिद्ध धार्मिक पर्यटकियस्थल धारापानी र बाह्रकुने दहमा पनि पर्यटकको भिडभाड छ । बाह्रकुने दहमा पुजापाठ तथा बनभोज खानका लागि दैनिक तीन सय भन्दा बढी आउने गरेको बराह क्षेत्र संरक्षण, सम्वद्र्धन तथा धार्मिक समितिका सचिव शिव घर्तीले बताउनुभयो ।
तुलसीपुरको प्रमुख पर्यटकियस्थल राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा पनि दैनिकजसो पर्यटकको भिडभाड हुने गरेको छ । उद्यानमा गतवर्षमात्रै २ लाख बढीले अवलोकन गरेका थिए ।

पार्क पछिल्लो समय अध्ययन अवलोकनको केन्द्र बन्दै गएको बताउनुहुन्छ पार्क व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डिल्लीराज भण्डारीले बताउनुभयो ।
पर्यटकियस्थलमा पर्यटकको चहलपहल बढेपछि स्थानीयलाई आर्थिकोपार्जनमा समेत ठुलो फाइदा पुगेको छ
















