२०८२ फाल्गुन २९ गते शुक्रवार

स्थापना दिवसमा घैटाफोड प्रतियोगिता


दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको महिला विभागले ३३ औँ स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता गरेको छ । संघका उपाध्यक्ष नारायणी रजौरेको संयोजकत्वमा घैटाफोड प्रतियोगिता भएको हो ।

सन्चारिका समुह दाङका अध्यक्ष रन्जिता अधिकारी सुरुमा खेलको सुरुवात गर्नु भएको हो । त्यसपछि जयन्ती चौधरीले खेल्नु भएको हो भने घैटा भने निरला अर्यालले फोड्नु भएको हो ।

खेल प्रतियोगितामा शारदा शर्मा,बसुन्धारा गौतम, लक्ष्मी आचार्य, सबिता चौधरी, सुशीला ओली, सपना पौडेल, रमा नेपाली, उमा भण्डारी, कविता डिसी, सुरक्षा चौधरी, मनु डिसी, रुन्नता शर्माले भाग लिनु भएको हो ।

यसैगरी कार्यक्रममा महासंघका अध्यक्ष सन्तोष सुबेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत, सचिव जे एन सागर, प्रकाश चौधरी लगायतको सहभागिता रहेको थियो ।

महासंघले चार दिने कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान, दोस्रो दिन फुटबल , तेस्रो दिन आज स्वास्थ्य सम्बन्धी कार्यशाला र महिलाहरुको खेलकुद र भोली अन्तिम दिन सम्मान पुरस्कार वितरण गरिने महासंघले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस