दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसका अवसरमा दुई जना रेडियो हाम्रो पहुँचकर्मी पुरस्कृत हुनुभएको छ ।
रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल र समाचार वाचक रेखा शार्मा सम्मानित हुनुभएको हो । शाखाको ३३औं स्थापना दिवसका अवसरमा महासंले पौडेल र शर्मालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
स्टेशन म्यानेजर पौडेल पत्रकारिता प्रतिभा पुरस्कार र शर्मा ओमप्रकाश, शुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । पौडेल नगद पाँच हजार र शर्मा नगद पाँच हजार रुपैंयासहित पुरस्कृत गरिएको पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोस सुवेदीले जानकारी दिनुभयो ।

यस्तै पत्रकारिताका माध्यमबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने चार जना अग्रज पत्रकारलाई सम्मान र महासंघमा स्थापना भएका पुरस्कारबाट २० जना पत्रकारलाई पुरस्कृत गरिएको सुवेदीले जानकारी दिनुभयो ।


















