दाङ । उज्योलो नेटवर्क मल्टीप्रपोज प्रालि तुलसीपुरले अमृतपुर खानेपानीका पदाधिकारीलाई मंगलबार स्वागत तथा सम्मान गरेको छ । प्रालिले खानेपानीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको हो ।
तुलसीपुर–३, ८ र ९ मा कार्यक्षेत्र रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ पदाधिकारी गत पौष ९ गते भएको निर्वाचनबाट निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित पदाधिकारीलाई प्रालिका अध्यक्ष दिपक वलीले माला र सम्मानपत्रले बधाई तथा सम्मान गर्नुभएको हो । प्रालिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा खानेपानी समितिका अध्यक्ष दशरथ वली लगायतका पदाधिकारीलाई बधाई तथा सम्मान गरिएको हो ।

त्यस अवसरमा अध्यक्ष वलीले बधाई तथा सम्मानलाई आफुहरुलाई काम गर्ने थप हौसला मिलेको बताउनुभयो । उहाँले लोकतान्त्रिक पद्धतिबाट आफुहरु निर्वाचित भएपनि सबै उपभोक्ताको साझा प्रतिनिधि भएको अनुभूति दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य तथा वडा नम्बर ५ का सदस्य लालमती भण्डारीले बधाई तथा सम्मान व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रमको सहजीकरण भीम वलीले गर्नुभएको हो । त्यस अवसरमा समाजसेवी जानु थापाको सहयोगमा विपन्न नागरिकलाई न्यानो कपडासमेत सहयोग गरिएको छ ।
















