२०८२ माघ ८ गते बिहिवार

दाङ नेत्रहिन संघको १४ औँ वार्षिक साधारणसभा तथा छैठौँ जिल्ला अधिवेशन

दाङ । दाङ नेत्रहिन संघको १४ औँ वार्षिक साधारणसभा तथा छैठौँ जिल्ला अधिवेशन सोमबार तुलसीपुरमा गरिएको छ ।

संघका अध्यक्ष गहनलाल चौधरीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष भावुक जंग थापाको प्रमुख आतिथ्यतामा उद्घाट कार्यक्रम भएको हो ।

प्रमुख अतिथि थापाले दृष्टिबिहिनले नयाँ प्रविधिको प्रयोगबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । मानिसलाई शारिरीक अवस्थामा भन्दा योग्यता र क्षमतामा कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साधारणसभामा राप्ती बहिरासंघका कार्यकारी निर्देशक प्रतिमा शर्मा, मानवअधिकारर्मी सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, त्रिदेव बोर्डिङ स्कुलका शिक्षक नोखिराम वली, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर वली लगायतले अपांगता भएका व्यक्तिलाई राज्य र समाज दुवैले सहयोग गर्नुपर्र्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गणेश गन्धर्वले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस