२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङका प्रत्यक्षतर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक : एमालेको सुर्य चिन्ह सबैभन्दा अगाडी

दाङ। दाङका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फको वास्तविक मतपत्रको नमुना सार्वजनिक भएको छ ।

तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेको सुर्य चुनाव चिन्ह पहिलो नम्बरमा छ । अघिल्लो निर्वाचनमा नेकपा एमाले पहिलो दल भएकाले एमालेको चुनाव चिन्ह पहिलो नम्बरमा राखिएको छ ।

यस्तै तीन वटै निर्वाचन क्षेत्रको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख दोस्रोमा रहेको छ । यस्तै तेस्रोमा नेपाली कम्युनिष्ट पाटीको तारा चिन्ह रहेको छ । यसैगरी चौथोमा राष्ट्रिय स्वतन्त्र पाटीको चुनाव चिन्ह घण्टी, पाँचौमा राष्ट्रिय प्रजातन्त्र पाटीको चुनाव चिन्ह हलो रहेको छ ।

त्यसपछि अन्य दल तथा स्वतन्त्र उमेदवारको चुनाव चिन्ह निर्वाचन क्षेत्र अनुसार फरक फरक रहेको छ । दाङको निर्वाचन क्षेत्र नम्बर १ मा १४ जना उमेदवार प्रतिष्पर्धामा रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ र ३ मा २३/२३ जना उमेदवार चुनावी मैदानमा छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार निवाचनसंग सम्बन्धित तयारीलाई तिब्र पारिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस