२०८२ फाल्गुन २९ गते शुक्रवार

दाङ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

दाङ । सल्यानमा डबलक्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षिय बिजय बिकको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ग १ ज ५६६१ नम्बरको डबल क्याप बोलेरो जिप बुधबार (आज) बिहान तुलसीपुर–कपुरकोट सडकखण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित चार जना सवार रहेको र अरु तीन जना घाइते भएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । रेडियो हाम्रो पहुँचसंगको कुराकानीमा उपाध्यक्ष भण्डारीले घाइते तीन जनालाई उद्दार गरेर राप्ती प्रादेशिक अस्पतालमा पठाएको बताउनुभयो ।

घाइते हुनेमा एक बालकसहित दुई महिला रहेका छन् । जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस