२०८३ बैशाख ४ गते शुक्रवार

डिभाइन मन्टेश्वरीको १० औं वार्षिकोत्सव

दाङ । दाङको तुलसीपुरमा डिभाइन एजुकेसन फाउन्डेसनद्वारा संचालित डिभाइन मन्टेश्वरीले शनिबार आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ । बिगत १० वर्षदेखि यस क्षेत्रमा पूर्व–प्राथमिक शिक्षामा योगदान दिँदै आएको यस विद्यालयले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्दै वार्षिकोत्सव मनाएको हो ।

डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि न्यौपानेले साना बालबालिकाहरूको जग बलियो बनाउन मन्टेश्वरी शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले डिभाइन मन्टेश्वरीले छोटो समयमै अभिभावकको विश्वास जित्न सफल भएकोमा बधाई समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन दाङका जिल्ला सचिव हरिप्रसाद भण्डारीले पनि मन्तव्य राख्दै निजी क्षेत्रबाट सञ्चालित डिभाइन पाठशालाले शिक्षाको गुणस्तर सुधार्न खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

त्यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न गितमा आकर्षक नृत्य, चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । बालबालिकाको कला र क्षमता देखेपछि उपस्थित अभिभावकहरू निकै उत्साहित देखिएका थिए ।

विद्यालयकी प्रिन्सिपल बिन्दु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सुजाता डाँगीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस