२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङमा निर्वाचनकै दिन रातीसम्म मतगणनास्थलमा मतपेटीका ल्याइने

दाङ। दाङमा निर्वाचन सकिएपछि सोहि दिन रातीसम्म मतगणनास्थलमा मतपेटीका ल्याइने भएको छ । मतगणनालाई जतिसक्दो छिटो शुरु गर्नका लागि मतगणना ढुवानीलाई प्रभावकारी बनाइने भएको हो ।

तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा मतदान सकिएलगत्तै राती ९ बजेभित्रै मतपेटीका मतगणनास्थलमा ढुवानी गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मतदान सकिएपछि राती ९ बजोभित्र मतपेटीका मतगणनास्थलसम्म ल्याइसक्ने गरी तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार मतपेटीका ढुवानीका लागि ९८ वटा गाडीको व्यवस्था गरिएको छ । तिमध्ये १७ वटा साना गाडी छन् भने बाँकी ठुला गाडी छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले मोबाइल टोलीले स्कटीङ गरे मतपेटीका गणनास्थलमा ल्याइने बताउनुभयो ।

मतपेटीका ढुवानी सकिएपछि सोहि दिन नै मतगणना शुरु हुन सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । दल तथा उमेदवारको सहमति अनुसार तत्काल मतगणना शुरु गर्न सकिने छ । दाङमा १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र छन् । आउँदो बिहिबार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस