दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । ५ हजार ६६७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ ।
रास्वपाका कमल सुवेदीले २ हजार ७०३ मत प्राप्त गर्नुभएको छ । सुवेदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक गिरीले १ हजार ५८१ मत प्राप्त गर्नुभएको छ । सुवेदी गिरी भन्दा फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ ।
सुवेदी र गिरीको मतान्तर १ हजार १२२ रहेको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका घनश्याम पाण्डेले ८२३, नेपाल कम्युनिष्ट पार्टीका धन बहादुर मास्कीले २६९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै राप्रपाका दामोदर भण्डारीले ५७, नेकपा माओवादीका बल बहादुर ओलीले १४, जनमोर्चाका कमला जीसीले ३, श्रम संस्कृति पार्टीका टोप बहादुर महतराले ९ मत प्राप्त गर्नुभएको छ ।
५ हजार ६६७ मत गणना हुँदा १९१ मत बदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।
दाङ क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० कुल मतदाता रहेकोमा ८८ हजार २७३ मत खसेको थियो । जसमा ३८ हजार ६६१ जना पुरुष र ४९ हजार ६१२ जना महिला मतदाताले मतदान गरेका थिए ।



















