२०८३ बैशाख १३ गते आइतवार

यि उमेदवारले १० मत पनि ल्याउन सकेनन्‌

दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङमा केहि उमेदवारको लज्जास्पद हार देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दाङका दुई वटा निर्वाचन क्षेत्रमा १२ उमेदवारले १० भन्दा कम मत ल्याएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा ७ र क्षेत्र नम्बर ३ मा ५ जना उमेदवारले १० भन्दा कम मत ल्याएका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ मा मितेरी पाटीका रेखबहादुर पुन, स्वतन्त्र उमेदवार कल्पना लामा र बालाराम पौडेलले ९/९ मत मात्रै ल्याउनुभएको छ । यसैगरी आम जनता पाटीका कृष्ण बहादुर सुनार र स्वतन्त्र उमेदवार लाल बहादुर खत्रीले ७/७ मत मात्रै ल्याउनुभएको छ । यस्तै स्वतन्त्र उमेदवार बिष्णुबिक्रम सेन वली र समिर वलीले ४/४ मत ल्याउनुभएको छ ।

यस्तै दाङ क्षेत्र नम्बर ३ बाट आम जनता पाटीका पाण्डवी नेपालीले ८, स्वतन्त्र उमेदवार महेश डाँगीले ८, प्रेमबहादुर वलीले ७, भरत परियारले ६ र सुरेश नेपालीले १ मत ल्याउनुभएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउने उमेदवारको जमानत जफत हुने व्यवस्था छ । दाङमा ५१ जना उमेदवारको जमानत जफत भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस